×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्छ’ : अर्थमन्त्री शर्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्छ’ : अर्थमन्त्री शर्मा

Artha Sarokar

१५ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले पत्रकारहरूले पत्रकार सहकारी बनाएर जान सक्ने बताएका हुन् ।

पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारहरूको सहकारी समूह बनाउन सकिने मन्त्री शर्माले बताएका हुन् । ‘पत्रकारिता मात्र पूर्ण पेसा नभएर अरू हिसाबले पनि आत्मनिर्भर हुनका लागि पत्रकारहरूको सहकारी समूह बनाएर तपाईँहरू सञ्चालन गर्न सक्नुहुन्छ’, मन्त्री शर्माले, ‘एकातिर आत्मनिर्भर हुँदै पनि जाने र सामुदायिक शक्ति तथा क्षमतालाई पनि विकास गर्दै जाने गर्न सक्नुहुन्छ ।’ त्यसबाट समग्र सामाजिक तथा राजनीतिक विचारलाई पनि स्थापित गर्दै लान सकिने मन्त्रीे शर्माल बताए ।

मन्त्री शर्माले तत्काल राष्ट्रिय पुँजी निर्माण हुने सम्भावना कम रहेको बताउँदै पहिले सामुदायिक पुँजी निर्माण गर्नुपर्नेमा जोड दिए । उनले व्यक्तिगत प्रतिस्पर्धाहरूलाई पनि कायम गरी समुदायलाई बलियो बनाउन स्रोत र साधनको स्वामित्व समुदायलाई प्रदान गर्नुपर्ने बताएका छन् ।

पत्रकारहरूलाई गलत अवस्थामा पार्टीको आलोचना गर्ने स्वतन्त्रता रहेको पनि उनले बताए । आस्थाकै आधारमा गलत कार्य तथा प्रवृत्तिको आलोचना गर्न नपाउने भन्ने नहुने मन्त्री शर्माले बताएका हुन् । ‘प्रेस सेन्टर पार्टीसँग सम्बन्धित संगठन होला, तर पार्टीको मान्छेले गल्ती गर्दा उसको आलोचना गर्ने छुट तपाईँहरूसँग छ’, उनले भने, ‘त्यसकारण तपाईँहरूसँग आफ्नो विचार राख्ने कुरामा स्वतन्त्र हुनुहुन्छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी