काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समुदायमा आधारित उत्पादन शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थानीय तह विभागका सदस्यहरूलाई सपथग्रहण गराउने क्रममा समाजवादको आधार तयार गर्न समुदायमा आधारित उत्पादन शक्तिको निर्माण गर्नुपर्ने बताएका हुन् ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका मन्त्री शर्माले सो शक्तिको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने बताए । व्यक्तिगत प्रतिस्पर्धालाईसमेत कायम राखेर सामुदायिक स्रोत साधनलाई परिचालन गरी समाजवादको आधार तयार गर्नुपर्ने उनको भनाइ छ । ‘समुदायमा आधारित उत्पादन शक्ति केन्द्रको विकास गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘उत्पादनका साधनहरू त्यसको स्वामित्वमा हुनुपर्छ र समुदायलाई आवश्यक पर्ने साधनहरू त्यसले दिन सक्नुपर्छ ।’
सो केन्द्रले व्यक्तिगत तथा सामुदायिक रूपमा उत्पादन भएका वस्तुको केन्द्रीकरण गरी बजारीकरण गर्नमा मद्दत गर्नुपर्ने उनले बताए । केन्द्रले स्थानीय सरकारलाई आवश्यक परेका बेला घचघच्याउने र चुनौति दिन सक्ने हुनुपर्ने बताए । खासगरी यसले स्थानीय सरकारलाई विकास र उत्पादनमा पुरकका रूपमा सहयोग गर्नुपर्ने उनको धारणा रहेको छ । यस सामुदायिक कार्यले समाजवादको ‘भ्रुण’को विकास हुने उनको भनाइ रहेको छ ।
यसैगरी माओवादीले ‘प्रचण्ड पथ’ त्याग्नु गल्ती भएको मन्त्री शर्माले दोहर्याएको छन् । बुधबार नै पार्टी समर्थित जनकलाकार संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्ड पथ त्याग्दा सबै जना ‘तितरबितर’ भएको बताए । यसअघि पनि मन्त्री शर्माले प्रचण्ड पथ त्याग्नु आफूहरूको गल्ती भएको बताउँदै आएका छन् । उनले प्रचण्ड पथले माओवादीलाई एक ढिक्का बनाएर राखेको बताउँदै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्