काठमाडौं । काठमाडौंको हात्तिगौडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो ।
आथित्यता सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटल सब्रिनालाई यो अवार्ड प्रदान गरेको जनाएको छ । होटल सब्रिना थ्रि स्टार होटल हो । यस होटलले सञ्चालन भएकोे तीन वर्षको अवधिमै यस्तो अवार्ड पाउन सफल भएको छ । उक्त अवार्ड एसोसिएसनका संस्थापक अध्यक्ष टिपिएस ग्रोभरले होटलका एमडी निरञ्जन थापा र म्यानेजर उपेन्द्र भारतिलाई प्रदान गरेका हुन् । अवार्ड दिदैँ ग्रोभरले होटल पारिवारिक र आतिथ्यता सत्कारमा अब्बल रहेको बताए ।
यसअघि यस्तो अवार्ड २०१९ मा होटल ओरिन्टल (र्याडिसन)ले पाएको थियो । सन् २०२० मा भने कोरोनाका कारण यस्तो अवार्ड वितरण कार्य रोकिएको थियो । यो अवार्ड प्रदान गर्नका लागि स्वदेशी लगानी र व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले यस्तो अवार्ड नेपालमा मात्रै नभई दुबई, कतार, भारत, थाइल्याण्ड, अर्मेनिया लगायत युरोपियन देशहरुमा पनि प्रदान गर्दै आएको छ ।
विश्वभर कोरोना भाइरस फैलिरहेको बेला प्रायजसो सबै क्षेत्र ठप्प रहेका थिए । त्यस्तो बेला पनि होटल सब्रिनाले आफ्नो सेवा भने निरन्तर दिइरहेको होटलका प्रबन्धक निर्देशक निरञ्जन थापाले बताए । उनले भने, ‘कोरोनाका बेला पनि हामीले होटल बन्द नगरि निरन्तर सेवा दियौँ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर हामी होटलको सेवा दिन पछि परेनौँ ।’ साथै उनले नेपाली होटललाई विदेशीहरुले आएर प्रोत्साहन गरिरहेको अवस्थामा नेपाल सरकारले पनि यस्तो कार्य गरे होटल सञ्चालनमा थप हौसला हुनेसमेत बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्