बलेवा । साविकको कुश्मीशेरा गाविस (जैमिनी नगरपालिकाको मुकाम)लाई खानेपानी पुर्याउने गरी १२ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम सकिन अझै एक बर्ष लाग्ने भएको छ ।
पहिले बजेट अभाव र पछिल्लो समय मुहानको समस्याका कारण बृहत कुश्मीशेरा खानेपानी आयोजनाको अवधि लम्बिएको हो । आयोजनाअन्र्तगत मुख्य योजनाको ट्याङ्की पाइपलाइन र उपभोक्ताका घर–घरमा धारा निर्माण भइसक्दासमेत मुहानबाट पानी ल्याउन नसकिएको हो ।
बागलुङ नगरपालिका–११ रायडाँडामा रहेको बेतिनी खोलामा रहेको मुहानमा पहिले विवाद र पछिल्लो पटक बाढीले ठूलो क्षति पुर्याएको छ । मुहानमा रहेको समस्याका कारण तत्काल पानी ल्याउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष रुद्र आचार्यले बताउनुभयो ।
सङ्घीय सरकारबाट सुरु भएको यो आयोजना सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारले जिम्मेवारी लिएको छ । “पहिले बजेट न्यून हुँदा काम गर्न कठिन थियो, अहिले बजेटको समस्या छैन्, प्रदेशमा आएपछि भइरहेका काम बनेका हुन्”, उहाँले भन्नुभयोे,“अब काम रोकिन्न एक वर्षभित्र उपभोक्ताका धारामा पानी पुर्याउने लक्ष्य छ ।”
एक सय घनमिटर, २० घनमिटर र १५ घन मिटरका ट्याङ्की निर्माण भइसकेका छन् । झण्डै ६ किलोमिटर पाइपलाईनको काम सकिएको भए पनि मुहानबाट पानी चलाउन नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर विक्रम शाहले बताउनुभयो । “३०० धारा निर्माण भइसकेका छन्, बाँकी दुई सय धारा निर्माण हुन बाँकी छन्”, उहाँले भन्नुभयो, “पहिले मुहानको पानी ल्याउन सके धारा बनाउन बजेटको समस्या हुन्न, कार्यालय कामका लागि तयार छ ।” उहाँका अनुसार मुहानमा बाढीले पु¥याएको क्षतिको मर्मतका लागि सुधार विस्तारको काम भइरहेको छ ।
चालू आर्थिक वर्षमा विनियोजन भएको ४० लाखको काम सकिएको छ । उपभोक्ताको घर घरमा धारा निर्माणमा बजेट सकिएको अध्यक्ष आचार्यले बताउनुभयो । सुधार विस्तारको लागि २० लाख मात्रै विनियोजित बजेट छ । “बाढीपहिरोका कारण बनेका संरचनामा क्षति धेरै भएको छ, सुधार विस्तारको काम धेरै भएकाले बजेट अपुग हुन्छ”, उहाँले भन्नुभयो, “बजेट थप भएर आउने कुरा छ, सोही अनुसार काम अघि बढ्छ ।”
आयोजना अन्र्तगत साना आयोजना १४ वटा छन् । सबै साना आयोजनामा समेत १२ वर्षअघि निर्माण थालिएका संरचना अधुरै छन् । आयोजना सुरु भएपछि खानेपानीको आशामा रहेका उपभोक्ता भने लामो समय धारामा पानी नआउँदा निराश छन् । “बनेका धारा भत्किने अवस्थामा पुगे पानी आएन, आशामै बिते १२ वर्ष”, उपभोक्ता क्षमकला शर्माले भन्नुभयो ‘पानी नहुँदा बनेको धाराको संरक्षण गर्न पनि सकिएन ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्