काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले सरकारले नीजि क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाउनुभएको छ । सोमबार बस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुदाई स्वागत गर्न आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सबै नेताहरुले नीजि क्षेत्रको सहभागिता विना देश समृद्ध नहुने बताए पनि समस्या समाधान गर्न भने तदारुकता नदेखाएको आरोप लगाउनुभयो ।
अध्यक्ष गोल्छाले महासंघले तयार परेको भिजन पेपरमा नीजि क्षेत्रसँग सम्बन्धीत एक सय वटा समस्याहरु पहिचान भएको बताउदैँ ती समस्या समाधान भए मुलुक भित्र लगानीको वातावराण बन्ने पनि दावी पनि गर्नुभयो । उहाँले भिजन पेपरमा पहिचान भएका समस्यामध्ये आफ्नो कार्यकालमा ४४ वटा समस्या समाधान गर्ने गरी का अगाडी बढाएको बताउनुभयो । अध्यक्ष गोल्छाले ४४ वटा समस्यामध्ये १४ वटा कानुनसँग सम्बन्धित रहेको बताउनुभयो ।
महासंघका अध्यक्ष गोल्छाले हाल बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता अभाव कारण लयमा फर्किन थालेको अर्थतन्त्र पूनः सुस्ताउदै गएकोले चिन्ता बढेको बताउनुभयो । अहिले देखिएको तरलता अभाव हटाउन सरोकारवाला सबैसँग छलफल अगाडि बढाइएकोसमेत जानकारी दिनुभयो । यस्तै, उहाँले कोरानाको कारण थला परेको व्यापार, मनोरञ्जन, पर्यटन, साना तथा मझौला उद्योगलाई कसरी सहजिकरण गर्ने भन्नेबारे अर्थ मन्त्रालयलाई आग्रह गरिएकोसमेत बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्