Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ योजना सार्वजनिक, डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले ३,००० सम्मको छुट पाउने

अर्थ सरोकार

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ योजना ल्याएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले सस्तो डिलको सुपर डे योजनामा ३,००० सम्म छुट पाउनेछन् । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाईनमार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै ३,००० सम्मको विशेष छुटको योजना ल्याएको हो ।

सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिख देखि १७ तारिख सम्म संचालन गर्न लागेको छ । जस अन्तर्गत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम् ३,००० सम्मको छुटको सुबिधा पाउन सक्नेछन् ।

यो योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी ३,००० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन्  । बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK