मोरङ । प्रहरीले मोरङको सुनसरी धरान उपमहानगरपालिका–७ की ५० वर्षिया सुनिला याखालाई बैंकिङ कसूरको मुद्दामा पक्राउ गरी कारागार चलान पठाएको छ । प्रहरीले उनलाई शनिबार पक्राउ गरी कारागार पठाएको हो ।
उच्च अदालत बिराटनगरको २०७८ बैशाख १६ गतेको फैसलाले याखालाई बैंकिङ कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ ३३ पैसा जरिवाना ठहर गरेको थियो । सो फैसलापछि फरार रहेकी उनलाई लुकिछिपी बसेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा दाखिला गरेर कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्