बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रू. १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बेदर्वा–५ बस्ने ३० वर्षीय रङ्गदेश कुशवाहालाई सो रकमसहित शनिवार नियन्त्रणमा लिएको थियो ।
स्रोत नखुलेका नगद अवैधरुपमा नेपालतर्फ ल्याउँदै पक्राउ परेका कुशवाहालाई आइतवार सार्वजनिक गरिएको हो । विआर २२ एन ५०१४ भारतीय नम्बरको मोटरसाइकलमा आएको कुशवाहाले हेलमेट तथा पाइन्टको गोजीमा लुकाएको अवस्थामा निजसँग नगद फेला परेको सो कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।
निजको साथबाट प्रहरीले एक हजार दरका रू. एक हजार ३०० थान र रू. ५०० दरका ६०० थान गरी कुल रू. १६ लाख फेला परेको र निजमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्