×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन, यातायात आवत जावतलाई व्यवस्थित र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन, यातायात आवत जावतलाई व्यवस्थित र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य

Artha Sarokar

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेनी । सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले अबदेखि क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुन क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्नुपर्नेछ । “नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य सङ्घको बैठकले गरेको निर्णय कार्यान्वयनमा लगिएको हो”, नेपालीले भन्नुभयो, “साँघुरो सडकमा दोहोरो सवारी आवतजावत गर्दा जाम र दुर्घटना हुने समस्या न्यूनीकरणका लागि एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।”

बेनी बजारको यातायात व्यवस्थापनका लागि अतिक्रमण गरेर निर्माण भएको संरचना हटाइएको छ । नगरपालिकाको अनुरोधअनुसार व्यवसायी र घरधनीले सडकको क्षेत्राधिकारमा बनाइएको संरचना स्वतफूर्तरुपमा हटाएका छन् । होटल, फेन्सी, खाद्यान्न, फलफूल व्यवसायीलाई घरभन्दा बाहिर सडक च्यापेर राखिएका होडिङ बोर्ड, जस्तापाटाको छाप्रो हटाउन र पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न अनुरोध गर्दै नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ चिरञ्जीवी राना, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालसहितको टोलीले गत हप्ता घरदैलो गर्नुभएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी