बेनी । बेनी नगरपालिका-१० को वडा कार्यालय भवन निर्माण गरिएको छ । पात्लेखेत र वाखेत गाउँको सिमानामा तीन कोठे एकतले वडा कार्यालय भवन निर्माण गरिएको हो । कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले गत आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले विनियोजन गरेको बीस लाख बजेटबाट निर्माण भएको भवनबाट सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
“पात्लेखेतमा रहेको साविक गाविस भवन साँघुरो र जीर्ण भएको थियो”, उहाँले भन्नुभयो, “वडाका सबै टोलका बासिन्दालाई पायक पर्ने ठाउँमा भवन बनाएर कार्यालय सञ्चालन गरेका हौँ ।” नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको कार्यबाहक वडाध्यक्ष पुनले बताउनुभयो । पञ्चायतकालमा निर्माण भएको तत्कालीन गाविस भवन जीर्ण बनेको थियो । नयाँ भवनमा वडाध्यक्ष, सचिवको कार्य र भण्डारण कक्ष भएको भवनमा चालु आर्थिक वर्षमा तला थप गर्न लागिएको छ ।
नगरपालिकाले चालु आवमा विनियोजन गरेको नौ लाख पचास हजार बजेटबाट उपभोक्ता समितिमार्फत भवनको माथिल्लो तलामा सभाहल निर्माण सुरु गरिएको छ । भवनको माथिल्लो तलामा सभाहल र खोप क्लिनिक बनाउन लागिएको हो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्