काठमाडौं । सरकारले भोलि बिहिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तमु सारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहनेछ।