तनहुँ । तनहुँका दुई पालिका जोड्ने मितेरी पुल निर्माण सुरु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका-५ र शुक्लागण्डकी नगरपालिका-७ जोड्ने म्याग्दे खोलामा मितेरी पक्की पुल बिहिबार शिलान्यास गरिएको हो ।
पुल निर्माणका लागि करसहित एक करोड ४० लाख ४३ हजार १४५ मा ठेक्का सम्झौता भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । सम्झौताअनुसार गाउँपालिका र नगरपालिकाले समान ७० लाख २१ हजार ५७२ लगानी गर्ने गरी पुल निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । आगामी २०७९ मङ्सिर ५ गते निर्माण सक्ने गरी गत असोज ४ गते ठेक्का सम्झौता भएको ठेकदार कम्पनी कश्यप निर्माण सेवा प्रालिले जनाएको छ ।
गुणस्तरीय काम गर्न र समयमै सक्न दुवै पालिकाका प्राविधिक टोली, जनप्रतिनिधि र वडावासीलाई सक्रिय हुन आग्रह गरिएको छ । पुलको काम अघि बढाउन नगरपालिकाले ५० लाख बुझाइसकेको छ । नगर प्रमुख किशान गुरुङ र गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले संयुक्तरूपमा पुल शिलान्यास गर्नुभएको थियो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्