कञ्चनपुर । शुक्लाफाटाँ नगरपालिकाले मुक्त हलियाका घर निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मुक्त हलियाका २५ परिवारका घर निर्माणका लागि बजेटको व्यवस्था गरेको हो ।
घरबासको व्यवस्था नभएका मुक्त हलिया परिवारका लागि घर निर्माण गर्न नगरपालिकाको कोषबाट रकम खर्च गर्ने निर्णय गरीएको नगरप्रमुख दिलबहादुर ऐरले बताउनु भयो । “पुनः स्थापना हुनबाट छुटेका ‘क’ बर्गको परिचय पत्र पाएका मुक्त हलिया परिवारका लागि घर निर्माण गर्नका लागि आवश्यक बजेटको व्यवस्था मिलाएका छौं”, उहाँले भन्नुभयो, “जग्गा खरिदको कार्य गत वर्षनै गरेका हौँ ।
विविध कारणले गत वर्ष घर निर्माणका लागि बजेटको व्यवस्था गर्न सकेका थिएनौं । अहिले त्यो कार्यलाई पुरा गरेका छौं ।” मुक्त हलिया पुनः स्थापनका लागि नगरपालिकाको वडा नं १ वन्साहमा जग्गा खरिद गरिएको छ । पुनः स्थापनका लागि छनौटमा परेका २७ मध्ये २५ परिवारलाई घर निर्माणका लागि दुई लाखका दरले शून्य मौज्दातमा बैंकमा खाता खोलेर रकम उपलव्ध गराउने व्यवस्था गरिएको छ ।
मुक्त हलिया परिवारलाई सात धुरका दरले घरवासका लागि जग्गा उपलव्ध गराइएको छ । मुक्त हलियाका लागि दुई कोठा, एक बरण्डा र शौचालय सहितको घर निर्माण हुने राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले बताउनुभयो ।
उहाँका अनुसार सौचालय निर्माणका लागि प्रति घरघुरीलाई एक लाख ५० हजारका दरले हेविटाट नेपाल नामक संस्थाले सहयोग उपलव्ध गराउने सहमती भएको छ । सोही संस्थाले घर निर्माणका लागि प्राविधिक सहयोगसमेत गर्नेछ । घर निर्माणका लागि नक्साङ्कनको कार्य भैसकेको छ । केही दिन भित्रै घर निर्माणको कार्य थालनिेछ । नगरपालिकाका लगतमा समावेशभै परिचय पत्र पाएका ४५८ मुक्त हलिया परिवार पुनः स्थापन भैसकेका छन । पुनः स्थापना हुनबाट छुटेका लगतमा समावेश हुन नसकेका मुक्त हलिया परिवारको सङ्ख्या भने ३५२ छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्