×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रल फाइनान्सद्धारा सेयरधनीहरुलाई ११% लाभांश दिने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेन्ट्रल फाइनान्सद्धारा सेयरधनीहरुलाई ११% लाभांश दिने घोषणा

Artha Sarokar

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेन्ट्रल फाइनान्सले आफ्ना सेयरधनीहरुलाई ११% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.७% बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ३.३% नगद लाभांश गरि कुल ११% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । कम्पनीले ६ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको रकम बोनस सेयर बाँड्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी