Skip to content
LAXMI SUNRISE BANK

सेन्ट्रल फाइनान्सलाई लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले दियो अनुमति

अर्थ सरोकार

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकबाट सेन्ट्रल फाइनान्सले लगानीकर्तालाई लाभांश वितरण गर्न अनुमति पाएको छ । फाइनान्सले सेयरधनीलाई ७.७% बोनस सेयर र ३.३% नगद वितरण गर्न राष्ट्र बैंकबाट अनुमति पाएको हो ।
राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेश हुनेछ । सभाले पारित गरेपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ७.७% बोनस सेयर र ३.३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK