काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिकउत्तरदायित्वकार्यक्रमअन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागिन्यानो कम्बलबितरण गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउरालीगाउँपालिका वडा नं ४ छेडामा सिमान्तकृत बालबालिकाहरुलाई उच्चशिक्षा तथा सीपमुलकतालिमप्रदान गर्ने उद्देश्यसहित लक्ष्मि प्रतिष्ठानद्धारा संचालन गरिएको कुमार बलराम स्मृती छात्राबासमा रहेका ४९ जना सिमान्तकृतवर्गका विद्यार्थीहरुलाई जाडो मौसम मध्यनजर गर्दै एक समारोहकाबीच न्यानो कम्बल बितरण गरेको छ ।
उक्त कार्यक्रममा लक्ष्मि प्रतिष्ठानका अध्यक्ष बिष्णु प्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रमअधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक राजेश श्रेष्ठलगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणलगायतविभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्