काठमाडौँ । नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन् शुक्रबार काठमाडौंमा सम्पन्न संघको सम्पन्न १६औं वार्षिक साधारणसभाले टण्डन नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
अध्यक्ष टण्डनको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट इन्टरनेशनल), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट) इन्द्रप्रसाद शर्मा, कोषाध्यक्ष (आइपे रेमिट) तथा सचिवमा दिपेन्द्र खनाल (इजिलिंक रेमिट्यान्स) चयन भएका छन्।
यस्तै सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर), दिवाकर पौडेल (जिएमई रेमिट), सञ्जीव पाठक (एटीटी रेमिट) चयन भएका छन् । संघको विधानअनुरुप अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन बैंक) र रामेश्वर सापकोटा (प्रभु मनिट्रान्सफर) मनोनित रहेका छन् ।
सो कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दै विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पूर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउन लागिपर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्