×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकद्धारा दुई ग्राहकको परिवारलाई आठ लाख भन्दा बढी बीमा रकम हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकद्धारा दुई ग्राहकको परिवारलाई आठ लाख भन्दा बढी बीमा रकम हस्तान्तरण

Artha Sarokar

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निजका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार ७७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निजका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १२२ रुपैयाँ नगद रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

उक्त रकम सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्तान्तरण गरेका हुन् । लघुवित्त परियोजनामा आबद्ध ऋणीको अनिवार्य जीवन बीमा गरेकाले मृत्यु भएका ग्राहकको काजकिरिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दाबी गरी उक्त रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।

हाल बैंकले २ वटा प्रदेशका २१ शाखाको लघुवित्त इकाइमार्फत करिब १४ हजार विपन्न महिलालाई लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी