×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त

PRIME CA
GLOBAL IME BANK

सिभिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त

१६ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । सिभिलले १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ६० हजार इकाई म्युचुअल फण्डहरुलाई छुट्याइएको छ भने ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने भएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिश ब्याजदर पाइनेछ ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यस ऋणपत्रमा आवेदकहरुले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै इकाई बिक्री नभएमा भने पुस ९ गतेसम्म खुला रहने भएको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: