×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

“नेपाल आइडल सिजन ४” को मुख्य प्रायोजक कोका-कोला

काठमाडौं । सर्वाधिक लोकप्रिय पेय पदार्थ कोका-कोलाले अन्तराष्ट्रिय लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आइडल सिजन- ४ मा मुख्य प्रायोजन गरेको छ । यो कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो । कोका-कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले भने, “कोका-कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो । हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन-झन मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गईरहेको छ ।

“हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका-कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा हामी अत्यन्त खुशी छौँ । सम्पूर्ण प्रतिस्पर्धी र नेपाल आइडल टिमलाई कोका-कोलाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।”

नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेल भन्छन्, “नेपाल आइडलको सिजन ४ मा पनि कोका-कोलासँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हामी सबैलाई थाहा भएकै कुरा हो कोका–कोला सँधै संगीतसँग जोडिँदै आइरहेको छ ।

नेपाल आइडल र कोकको यो सहकार्य पक्कै पनि रिफ्रेसिङ रहेको छ । गत वर्ष सज्जा चौलागाईंले नेपाल आइडलको उपाधि जितेकी थिईन् र आफ्नो सांगीतिक यात्रालाई उनले कडा परिश्रमको साथ अगाडि बढाइ रहेका छन् ।  यसपालि अझ दमदार प्रतिस्पर्धीहरुको सहभागितासँगै हामी नयाँँ विजेता को हुनेछ भनेर थाहा पाउन निकै नै आतुर छौँ ।”

नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट ब्एज्ञ टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो र यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरुलाई प्ल्याटफर्म दिँदै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: