काठमाडौं । विश्व वन्यजन्तु कोष (WWF) को नयाँ प्रतिवेदनले आफ्नो “रि-सोर्स प्लास्टिक” कार्यक्रमको मुख्य सदस्यहरु- दि कोका-कोला कम्पनी, केउरिग डा. पेपर, म्याकडोनाल्ड्स कर्पोरेशन, पी एन्ड जी र स्टारबक्सले २०१८ र २०२० को बीचमा आफ्नो प्लास्टिक प्रयोगमा ५७% कटौती गरेको जनाएको छ । पुन:प्रयोग गर्न नसकिने अथवा हार्ड-टु-रिसाइकल साना-साना सामानहरु जस्तै स्ट्र, प्लास्टिकका भाँडा-कुँडाहरु, भिनाइल रकडा फोमजस्ता सामानहरुको प्रयोगमा कटौती गरेर कुल ७१,००० मेट्रिक टन कम फोहोर उत्पादन भएको हो ।
प्लास्टिकजन्य पदार्थको उत्पादन र प्रयोगमा कमी आउनुलाई रिःसोर्स प्लास्टिकको दोश्रो वार्षिक प्रतिवेदनः ट्रान्स्परेन्ट २०२१ मा प्रकाशित प्रोग्रेसको मुख्य उपलब्धिको रुपमा हेरिएको छ । डब्ल्युडब्ल्युएफद्वारा २०१९ मा सुरु गरिएको यो कार्यक्रम प्लास्टिकजन्य प्रदुषणमा कर्पोरेट प्रभावको मात्रा निर्धारण गर्ने र लाखौं टन प्लास्टिकको फोहोरलाई रोक्न कम्पनीले निर्वाह गरेका भूमिकाहरु ट्र्याक गर्नेे प्रयास हो ।
दि ट्रान्स्परेन्टको रिपोर्टिङले कसरी हरेक वर्ष प्लास्टिकको फुटप्रिन्टहरू परिवर्तन भइरहेका छन् भनेर प्रोग्रेस् ट्र्याक गर्ने र प्लास्टिकजन्य उत्पादनमा कर्पोरेट संलग्नतामा डब्ल्युडब्ल्युएफले क्रिटिकल ठहर्याएको तीन क्षेत्रहरुमा प्राथमिकता अनुसार काम अगाडि बढाउन सुझाव दिन्छ । अनावश्यक प्लास्टिक प्रयोग नगर्ने, आवश्यक प्लास्टिकहरु दिगो तरिकाले उत्पादन गर्ने, यस्ता प्लास्टिकहरुको रिसाइक्लिङ दोब्बर बनाउने । डब्ल्युडब्ल्युएफको प्राइभेट सेक्टर इनगेजमेन्टको सिनियर भाईस प्रेजिडेन्ट शिला बोनिनीले भने “केही समययता व्यवसायहरुले प्लास्टिकजन्य प्रदुषणले निम्त्याएको समस्याको बारेमा कुरा गर्दै आएका छन् जुन अपरिहार्य नै थियो तर अब हामीले प्रश्न गर्ने बेला आएको छ, “तपाईंहरुले के गर्नुभएको छ र यसले केही परिवर्तन ल्याएको छ कि छैन ?”
कोका–कोला कम्पनीको सिनियर भाईस प्रेजिडेन्ट र कम्युनिकेसन्स् , सस्टेनेबिलिटी र स्ट्राटेजिक पार्ट्नरसिप्स् चिफ अफिसर बी पेरेजले भने,“डब्ल्युडब्ल्युएफको ट्रान्स्परेन्ट २०२१ रिपोर्टमा देखाइएको प्रोग्रेसले महत्वाकांक्षी र सामूहिक कार्यको निरन्तरताको आवश्यकता देखाउँछ । जब हामी मिलेर काम गर्छौं, हामी सर्कुलर अर्थतन्त्रलाई अगाडि बढाउन र प्लास्टिकजन्य फोहोर घटाउन अर्थपूर्ण कदमहरू चाल्न सक्छौं ।”
ट्रान्स्परेन्ट २०२१ कोरिपोर्टको मुख्य निष्कर्षहरुः
१.केही क्षेत्रमा आशाजनक प्रगति, विशेष गरी अनावश्यक प्लास्टिकको प्रयोग कम गर्ने विषयमा
२.पुनः प्रयोगको क्षेत्रमा प्रगती
एकचोटि मात्र प्रयोग गर्न मिल्ने सामानहरुको मागलाई कम गर्ने प्रयास । धेरै कम्पनीहरुले रिसाइक्लिङ प्लान्टहरु प्रयोग र र विस्तार गर्न सुुरु गरेका छन् । साथै उनीहरु वातावरणीय र सामाजिक रूपमा जिम्मेवार रिसाइक्लिङ सिस्टमहरु विकास गर्न कन्ज्युमर्स बियोन्ड वेस्ट कार्यक्रममा पनि सहभागि छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्