काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै सभापतिका दाबेदारहरु को हुने भन्ने लगभग टुंगो लागेको अवस्था देखिन्छ । संस्थापनइतर समूहको मंगलबार बसेको बैठकमा शशांक र रामचन्द्र पौडेल ब्याक भएपछि शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार हुने निश्चितजस्तै भएको हो।
संस्थापनइतर समूहले बुधबार बोलाएको बैठकमा शेखर कोइराला उपस्थित नहुने भएपछि आजको बैठक औपचारिकतामा मात्रसीमित हुने देखिन्छ।संस्थापन इतरबाट प्रकाशमान सिंह पनि ब्याक नहुने भएपछि शेखरले प्रकाशमानका लागि सभापति पद छोड्न तयार नभएका हुन्।
शशांकले यसअघि नै शेखरलाई सहयोग गर्ने बताइसकेका छन्। २६ गते उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने कांग्रेस निर्वाचन आयोगले जारी गरेको कार्यतालिकामा उल्लेख छ। पछिल्लो परिदृश्य हेर्दा शेखरले शशांक, गगन थापालगायतका व्यक्तिहरुलाई ल्याएर टिम निमार्ण गर्ने तयारी गरेका छन्।
आगामी महाधिवेशनमा संस्थापन समूहबाट सभापति देउवा र निधि उम्मेदवार हुने भएका हुन्। यसो हुँदा देउवालाई ठूलो धक्का लाग्ने भएको छ। लामो समय देउवालाई नेतृत्वमा पुर्याउन बैशाखी बनेका निधिले देउवाविरुद्ध नै विद्रोह गरेपछि देउवालाई ठूलो क्षति भएको छ । निधिले प्रदेश २ बाट मात्रै देउवाको करिब ४०० मतलाई प्रभावित पार्नसक्ने देखिएको छ । अन्य क्षेत्रको मतसहित गर्दा निधिले करिब ६०० मत देउवाको काट्न सक्ने क्षमता राख्छन् ।
त्यसैगरी सिटौला समूहबाट शेखर समूहमा प्रवेश गरेका गगनकुमार थापाले पनि करिब ४०० मतलाई आफ्नो पक्षमा पार्नसक्छन् । १३ औं महाधिवेशनमा गगनले ५०० भन्दा बढी मत प्राप्त गरेका थिए । सिटौलाले देउवा साथ दिएको अवस्थामा पनि करिब ४०० मत गगनले शेखर समूहका लागि हलाउनसक्ने भएकोले सभापतिका बलिया उम्मेदवार मानिएका देउवालाई एक हजार मत काटिने भएका हुन् ।
सभापतिका अर्को उम्मेदवार प्रकाशमान सिंहको उपत्यकाबाहिर खासै पहुँच र संगठन नभएका कारण उनले न टिम नै बनाउनसक्छन्, न त उनी सभापतिका लागि आफू जित्नसक्ने सामथ्र्यमा रहेका छन्। प्रकाशमान निकट एक नेताले नै भने, “प्रकाशमान दाईले अहिले सभापतिको उम्मद्वारमा शेखरलाई छोड्नु पर्ने हो । उहाँ नै बलियो उम्मेदवार देखिनु भएको छ। तर, उहाँले विरासतको कुरामात्रै गरेर संगठन बलियो बन्न सक्दैन। सभापतिको बलियो उम्मेदवार संस्थापनइतरमा शेखर नै देखिनुभएको छ । देउवालाई टक्कर दिनसक्ने उम्मेदवार भनेको नै शेखर हो ।”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्