काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहमा बलियो उम्मेदवारको रुपमा हेरिएका शेखर कोइराला र गगन कुमार थापाबीच विन विन गठजोड बनेको छ। शेखर कोइराला सभापति बन्दा गगनकुमार थापा महामन्त्री बन्ने भएका छन्।
कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसको करिब ८०० प्रतिनिधिहरु युवा पुस्ताबाट रहेका छन्। युवापुस्तामाझ निकै लोकप्रिय मानिएका र युवाका एजेण्डामा काम गर्नसक्ने गगन थापा उम्मेदवार बनेको त्यो मत जाने निश्चित छ। १३औं महाधिवेशनमा पनि गगनले प्राप्त गरेको ५०० भन्दा बढी मतमा नयाँ युवा पुस्ताको महाधिवेशन प्रतिनिधिहरुको मत थापाले प्राप्त गरेका थिए । १३ औं महाधिवेशनमा गगन र उनका ससुरा अर्जुननरसिंह केसी प्रतिस्पर्धी बनेको फाइदा शशांकले उठाएका थिए। १३ औं महाधिवेशनमा गगनलाई नै आउने भोट विभाजित बन्दा शशांक महामन्त्रीमा निर्वाति भएका थिए ।
शेखरले पनि देशभर आफ्नो संगठन विस्तार गरेको र कांग्रेस नेतृत्वमा नयाँ अनुहार देख्न चाहने महाधिवेशन प्रतिनिधिहरुको बाहुल्यता रहेका कारण शेखरले पनि गगनलाई लाभ दिनसक्छन् । जसका कारण शेखर र गगन दुबै उम्मेदवारको विन विन गठजोड बनेको देखिन्छ। यसका साथै १३ औं महाधिवेशनमा महामन्त्रीमा विजयी भएका शशांक कोइरालाले पनि शेखर समूहलाई ठूलो लाभ हुने भएको छ। बीपी पुत्र नै शेखर प्यानलमा हुने भएपछि नीति र सिद्धान्तप्रति निष्ठा भएका मतहरु शेखरलाई आउने भएको हो।
जसका कारण संस्थापनइतरमा रहेका उम्मेदवारका आकांक्षीबीच शेखर नै बलियो उम्मेदवार भएको र देउवासँग प्रतिस्पर्धी बन्नसक्ने उम्मदवारको रुपमा रहेका छन्। गुट र गिरोह समाप्त पारेर आगामी निर्वाचनमा कम्युनिस्टलाई पराजित गर्दै कांग्रेसलाई बहुमतसहितको पार्टीको रुपमा स्थापित गर्ने शेखर र गगनको एजेण्डा रहेको छ। शेखर र गगनको गठजोड हुँदा दुबै जना नयाँ अनुहार र काम गर्नसक्ने उर्जा भएको उम्मेदवार भएका कारणले गर्दा पनि यो गठजोठले आसन्न १४ औं महाधिवेशनमा देउवालाई रोक्नसक्ने देखिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्