×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८६ लाख ३८ हजार भन्दाबढीको लागतमा कोटभैरव र दूधेश्वर जोड्न झोलुङ्गे पुल निर्माण हुदैँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

८६ लाख ३८ हजार भन्दाबढीको लागतमा कोटभैरव र दूधेश्वर जोड्न झोलुङ्गे पुल निर्माण हुदैँ

Artha Sarokar

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि यहाँ झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ । दिपायलस्थित द्वारी खोलामाथि कम्तीमा पनि ७० मिटर उचाइमा उक्त पुल बन्न लागेको हो ।

कोटभैरव तथा दूधेश्वर मन्दिरको प्रचारप्रसार तथा पर्यटकलाई आकर्षित गराउनका लागि उक्त पुल निर्माणको थालनी गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाकै इतिहास बोकेका थी दुई पुराना मन्दिरमा पर्यटकको सहजता र पर्यटक भित्र्याउनका लागि पुल निर्माणको सुरु गरेका छौ ।” दुई डाँडामाथि रहेका धार्मिकस्थलको एकैचोटि दर्शन गर्न पाइने र आन्तरिक तथा बाह्य पर्यटकलाइ भित्र्याउन उक्त पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिनुभयो ।

प्रदेश सरकार र दिपायल सिलगढी नगपालिकाको ८६ लाख ३८ हजार ७००को लागतमा निर्माण हुन लागेको उक्त झोलुङ्गो पुलको लम्बाइ २०० मिटर छ । देवभूमि कन्स्ट्रक्सन अमरगढी–५, डडेल्धुराले २०७८ असार १७ गते सम्झौता गरी आउँदो २०७९ असार १५ गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौता गरिएको छ । पर्यटनको प्रमुख केन्द्रबिन्दु बन्न सक्ने जनाउँदै पुरानो राजदरबारमेत रहेको उक्त ठाउँमा सुदूरपश्चिममा झल्किने परम्परागत बाजागाजा, पहिरन, भाँडाकुँडालगायतका लोप हुन लागेका चिजलाई राख्ने र सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

उक्त पुलबाट यहाँका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला एअरपोर्ट, राजपुर तथा घोलतडालगायतका होचा फाँट हेर्न मिल्ने भएको हुँदा पर्यटकको आर्कषण बढ्ने स्थानीयवासी तुलसी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका रमाइला फाँट र व्यापारी केन्द्रको अवलोकन गर्न निकै सहज हुने भएकाले पुल बनेपछि पर्यटकका लागि निकै सहज हुने छ ।” आन्तरिक तथा बाह्य पर्यटकसमेत पुल अवलोकन गर्न आएपछि यहाँका धार्मिक पर्यटकलाई देश विदेशमा चिनाउन सहज हुने अपेक्षा लिइएको छ ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी