काठमाडौँ । बरिष्ट सेयर बजार विश्लेषक डा. केशब श्रेष्ठले अहिलेको सेयर बजार धेरै माथि पनि नजाने र धेरै तल पनि नजाने दाबी गरेका छन् । पोलिसीगत कुराहरुको साथ नभएकाले बजार धेरै माथि जाने ठाउँ नरहेको र लगानीकर्ताको संख्या धेरै भएकाले बजार त्यति तल पनि जाने ठाउँ नरहेको बताउंदै उनले अहिलेको सेयर बजार केहि समय ‘साइडलाइन’मा चल्ने बताएका छन् । अर्थ सरोकारले प्रस्तुत गरेको डा. श्रेष्ठसँगको पाक्षिक टेलिभिजन कार्यक्रम ‘मार्केट क्लिनिक’ को दोश्रो अंकमा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले घट्दो बजारमा कसरी कमाउने भन्ने विषयमा बोलेका छन् ।
कार्यक्रममा उनले बियरिस बजारमा पनि राम्रो नाफा कमाउन सकिने बताएका छन् । ‘बजार घटेको बेलामा पनि राम्रो नाफा कमाउन सकिन्छ । यसका लागि सेयर सेलेक्सनमा धेरै ध्यान दिनुपर्छ ।’ कार्यक्रममा उनले भने भनेका छन् -बजारले कस्तो ट्रेन्ड समात्दा कस्तो रणनीति बनाउने भन्ने विषयमा ख्याल गरियो भने घट्दो बजारमा पनि मनग्य पैसा कमाउन सकिन्छ ।’ अहिलेको सेयर बजार साइलाईनमा भएकाले ३०० को पोइन्टभित्र चल्न सके यो बजारबाट पैसा कमाउन सकिने उनको भनाई छ । ‘अहिलेको बजार धेरै तल पनि नजाने र माथि पनि नजाने हुनाले ३०० को पोइन्टभित्र चल्न सके नाफा कमाउन सकिन्छ । बजार मोटामटी ३०० अंक घटेका बेला बजारमा प्रवेश गर्ने, र बजार ३०० अंक बढेपछी प्रफिट बुक गर्ने गरियो भने अहिलेको बजारबाट कमाउन सकिन्छ ।’ उनले भने ।
अहिलेको बजारमा बुलिस मेन्टालिटी नै रहेको ठोकुवा गर्दै उनले भनेका छन्- ‘बजार बियरिस भएको भए नेप्से धेरै तल आइसक्थ्यो । अहिलेको बजार बियरिस नै हो भन्ने मलाई लाग्दैन ।’ कार्यक्रममा उनले २५०० भन्दा बजार तल पुगेको अवस्थामा किन्ने समय भएकोसमेत बताएका छन् । हेर्नुहोस् पूरा कार्यक्रम :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्