काठमाडौँ । आज मंगलबार एभरेष्ट बैंकको मोबाइल बैंकिङ सेवा ४ घण्टा अवरुद्द हुने भएको छ । बैंकले मोबाइल बैंकिङ सेवाको स्तरोन्नती गर्नुपर्ने भएकोले आज बेलुका (८ बजेदेखि १२ बजेसम्म) ४ घण्टा अवधिको लागि मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने जनाएको हो ।
बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल बैंकिङ (EBL Touch 24 Mobile Banking App) सेवालाई परिमार्जित गरी ग्राहकलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप सूविधा प्रदान गर्ने उद्देश्यले उपरोक्त सेवालाई इबीएल ओम्नी च्यानल (EBL Omni Channel) प्रणालीमा स्तरोन्नती गर्न लागेको उल्लेख गरेको छ ।
‘यस बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल बैंकिङ (EBL Touch 24 Mobile Banking App) सेवालाई परिमार्जित गरी ग्राहक महानुभावहरुलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप सूविधा प्रदान गर्ने उद्देश्यले उपरोक्त सेवालाई इबीएल ओम्नी च्यानल (EBL Omni Channel) प्रणालीमा स्तरोन्नती गर्न लागेकोले सो प्रयोजनको लागि मिति २००८ पौष १३ गते बेलुका ८ बजेदेखि १२ बजेसम्म ४ घण्टा अवधिको लागि यस बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध रहने व्यहोरा जानकारी गराउन चाहन्छौं । यसबाट मोबाइल बैकिङ्ग सेवा प्रयोगकर्ता हाम्रा सम्पुर्ण ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।’ बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्