×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकसहित अन्य ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्दैछ कारोबार ?

PRIME CA
GLOBAL IME BANK

एभरेष्ट बैंकसहित अन्य ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्दैछ कारोबार ?

१७ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा एभरेष्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सबैको लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार ३ कम्पनीको बोनस सेयरपछिको मूल्यमा समायोजन गरेको हो । जसमा एभरेष्ट बैंकको ६ प्रतिशत, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत र सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस सेयरपछिको मूल्यमा समायोजन गरेको हो ।

एभरेष्टको बोनस सेयरपछिको भाउ नेप्सेले ५ सय ५० रुपैयाँ निर्धारण गरेको छ भने शाइनको ४ सय ३ रुपैयाँ ८६ पैसा निर्धारण गरेको छ । यस्तै सबैको लघुवित्तको बोनस सेयरपछिको भाउ नेप्सेले १५ सय ४ रुपैयाँ ०१ पैसा निर्धारण गरेको छ । एभरेष्ट बैंकको वार्षिक साधारणसभा पुस १ गते हुने भएको छ । उक्त सभामा गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र करसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

यस्तै शाइन रेसुंगाको वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ । उक्त सभामा गत आर्थिक वर्षको नाफाबाट १०.९३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सबैको लघुवित्तले पनि पुष ३ गते बस्ने वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा ३१.०५ प्रतिशत बोनस सेयर र कर तिर्न १.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यहि भाउलाई आधार मानेर आइतबार यी कम्पनीको सेयर कारोबार खुल्ने भएको छ । एभरेष्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सबैको लघुवित्तले साधारण सभा र लाभांश प्रयोजनका लागि आज मंसिर १७ गते बुक क्लोज गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: