×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको वार्षिक साधारणसभा बिहीबार बस्दै, प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको वार्षिक साधारणसभा बिहीबार बस्दै, प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित हुने

Artha Sarokar

१६ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज मंसिर १६ गते बिहीबार बस्दैछ । सभा आम्रपाली ब्यांकेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । कम्पनीको लाभांशलाई नियामक राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते बुक क्लोज गरीसकेको छ । त्यसकारण मंसिर ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँमा १० बोनस सेयर प्रस्ताव गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी