×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल उद्योग वाणिज्य महासंघले नव उत्थान सम्मेलन आयोजना गर्ने, अर्थतन्त्रलाई अझबढी गतिशिल तथा चलायमान बनाईने

LAXMI SUNRISE BANK

नेपाल उद्योग वाणिज्य महासंघले नव उत्थान सम्मेलन आयोजना गर्ने, अर्थतन्त्रलाई अझबढी गतिशिल तथा चलायमान बनाईने

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी वुधबार काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलन (Post Covid Revival Conference) को आयोजना गर्दैछ । विश्वव्यापीरूपमा देखापरेको कोभिड १९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझबढी गतिशिल तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरू सहित छलफल गर्ने उद्देश्यले महासंघले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन आयोजना गरिने छ । सम्मेलनको मुख्य थिम बदलिंदो परिस्थितिमा तिव्र र दिगो आर्थिक बृद्धिको विकास रहेको छ । सम्मेलन, अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्या समाधानका उपायहरू के–के हुन सक्छन, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान मात्र नभई व्यवसायमा थप उर्जा भर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत हुनेछ ।

सम्मेलनको प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा हुनेछन् । महासंघको सचिवालय टेकूमा मंसिर २९ गते बुधबार, विहान ९ः३० बजेदेखि सुरु हुने सम्मेलन सांझ ६ बजेसम्म चल्ने छ । सम्मेलनको उद्घाटन शत्रलाई माननीय अर्थमन्त्री शर्मा, महासंघका अध्यक्ष शेखर गोल्छा, आइएलओ नेपालका निर्देशक डा. रिचर्ड हवार्ड र महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संवोधन गर्ने छन् ।
उदघाटन पछिको पहिलो शत्रको अध्यक्षता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नेछन् । महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले निर्यात र बैकिङ क्षेत्रमा कार्यपत्र प्रस्तुुत गर्नेे उक्त शत्रमा नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले आफनो धारणा राख्नेछन् ।

अर्को प्राविधिक शत्र निर्यात प्रवद्र्धनका विषयमा हुनेछ भने सो शत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गर्नेछन् । महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले कार्यपत्र प्रस्तुुत गर्ने उक्त शत्रमा निर्यातकर्ता सुनिता शेर्पाले आफनो धारणा राख्नेछन् । त्यस्तै अर्कोशत्र लघुु, घरेलु तथा साना उद्योग प्रवद्र्धनका विषयमा हुने छ । उक्त शत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले गर्नेछन् । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुुत गर्नेछन् भने उद्यमी श्याम वदन श्रेष्ठ र आइएलओ जेनेभाबाट एसएमइज बीज्ञले आफनो धारणा राख्नेछन् ।

चौथो शत्र पर्यटन तथा मनोरन्जन क्षेत्रको हुने छ । उक्त शत्रको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गर्नेछन् । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यपत्र प्रस्तुुती गर्नछन् । वरिष्ठ कलाकार निर्देशक निर विक्रम शाहले मन्तव्य राख्नेछन् । समापन कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले सम्मेलनको निश्कर्ष प्रस्तुुत गर्नेछन् भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र अर्थमन्त्रालयका सचिव डा. मधुु मरासिनीले संवोधन गर्नेछन् । सम्मेलन पूर्व महासंघका सम्बन्धित समितिले यी विषयमा गहन छलफल गरी प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सम्मेलनका क्रममा आएका सुुझाव समेत समावेश गरी समापन शत्रमा योजना आयोग र अर्थमन्त्रालयलाई बुुझाइने छ । साथै सम्बन्धित मन्त्रालय र निकायहरूमा पनि सम्मेलनबाट आएका सुुझावहरू बुुझाइने कार्यक्रम छ ।

सम्मेलनमा पेश गरिने दस्तावेज महासंघका समिति सभापतिहरू क्रमश ज्योत्सना श्रेष्ठ (पर्यटन समिति), डीवी बस्नेत (घरेलु तथा साना उद्योग समिति), मनिषलाल प्रधान (निर्यात प्रवद्र्धन समिति), शाहिल अग्रवाल (बैकिङ समिति) र आकाश अधिकारी (चलचित्र तथा मनोरन्जन फोरम) को अग्रसरतामा यस अघिनै तयार गरीसकेको छ ।

सम्मेलनबाट क्षेत्रगत रूपमा आएका सुुझावहरूलाई समेटी तत्काल कार्यान्वयनमा लैजान सरकारका सम्बन्धित अधिकारीहरू समक्ष पेश गरिने कार्यक्रम छ । कार्यक्रममा सरकारी अधिकारीहरू, वित्तिय क्षेत्रका पदाधिकारीहरू, महासंघका पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, कार्यकारिणी समितिका सदस्यहरू, परिषद्का पदाधिकारीहरू, समिति तथा फोरमका सभापतिहरू, समिति फोरमका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरू, उद्यमी व्यवसायीहरू, संचारमाध्यमको सहभागिता रहने छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी