काठमाडौं । अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै ‘फ्लेभर्स अफ कस्मिर’ (कस्मिरको स्वाद) फुड फेस्टिभल सम्पन्न भएको छ । भारतिय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै फुड फेस्टिभल गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए ।
फेस्टिभलको अवधिभर कास्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतीको मिश्रण सहित उपलब्ध थिए । शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध भएको फेस्टिभल अलफ्ट (अल डे डाइनिङ नुक)मा सन्चालन भएको थियो ।
‘विश्वका विभिन्न फुड फेस्टिभललगायत ठूला-ठूला राज्य सभाहरूको लागि मेनु तयार गर्नको लागि सेफ राइना चर्चित छन् । उनैको यो अनुभवलाई लिएर काठमाडौंमा गरिने फ्लेभर्स अफ कस्मिर आयोजना गरिएको थियो । दस दिन सम्म चलेर आइतबार साँझ सम्पन फेस्टिभलको उद्घाटन नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्