काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन दुई दिनमात्र पनि बाँकी नरहेको अवस्थामा सभापति को बन्छ भन्ने चासो पनि तीव्र बनेको छ। अहिले कांग्रेसी कार्यकर्ताहरुले पार्टीको आगामी नेतृत्वमा को आउँछ भन्ने कुरालाई निकै उत्सुकताका साथ हेरिरहेका छन्।
अधिकांश नेता कार्यकर्ताहरुले पार्टीको यस महाधिवेशनबाट नयाँ अनुहारलाई नेतृत्व सुम्पिन चाहेका छन्। एकजना महाधिवेशन प्रतिनिधि रमेश सापकोटाले यस महाधिवेशनबाट पुराना अनुहारलाई पार्टीको नेतृत्वबाट बिदा गर्नुपर्ने बताए। उनले अहिलेको नै नेतृत्व फेरि दोहोरिने हो भने आगामी निर्वाचनमा कांग्रेस थप कमजोर बन्ने र मुलुक नै संकटमा पर्नसक्ने बताएका छन् ।
अहिलेको नयाँ अनुहारका रुपमा युवाबीच लोकप्रिय रहेको गगनकुमार थापा र नयाँ उर्जासहित नेतृत्वमा दाबी गरिरहेको शेखरलाई साथ दिनुपर्ने उनको धारणा छ। यसअघि काठमाडौंका विभिन्न जिल्ला र वडा तहको निर्वाचनमा प्रकाशमानलाई गगनले साथ दिँदा उनको प्यानलले देउवा र सिटौलाका साझा उम्मेदवारलाई परास्त गरेका थिए ।
काठमाडौंमा गगनले पनि ठूलो शक्ति सञ्चय गरेका छन्। प्रकाशमानका उम्मेदवारलाई जिताउन ठूलो भूमिका खेलेको गगनले काठमाडौंका २५० भन्दा बढी महाधिवेशन प्रतिनिधिमा पनि अधिकांश गगनको समूहका रहेका छन्। गगनले प्रकाशमानलाई प्रधानमन्त्री बन्न र शेखरलाई सभापतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
उक्त आग्रह प्रकाशमानले अस्वीकार गर्दा उनी आफैं भड्खालोमा जाने भएका छन्। सभापतिका सबैभन्दा कमजोर उम्मेदवारको रुपमा प्रकाशमान देखिएका छन्। प्रकाशमानको साथ छोडेर गगनले शेखरको टिम निमार्णका लागेका कारण शेखरका लागि गगन बलियो साथ बनेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्