काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस १७ गते हुने भएको छ । कम्पनीले सभा हाइट हाउस पार्टी प्यालेस शुक्लागण्डकी, दुलेगौंडा तनहुँमा बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीले २०% लाभांश वितरण गर्ने प्रस्तावसहित सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालन मनोनयन गर्ने एजेन्डा पेस गर्नेछ ।
कम्पनीले गत वर्षको नाफाबाट १९% बोनस र कर प्रयोजनार्थ १% नगद लाभांश वितरण गर्न लागेको हो । यस्तै सभामा कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
साथै सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि पेस हुनेछन् । सभाका लागि कम्पनीले पुस ७ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्