काठमाडौं । गरिमा विकास बैंकले १ अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि बिहिवार देखि प्रति कित्ता १००० रुपैया अंकित मूल्यका १ अर्व रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । जसमध्ये २० हजार कित्ता सामुहिक लगानि कोषका लागि छुट्याईएको छ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट बिक्री गरिने बैंकले जनाएको छ ।
गरिमा डिवेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गते सम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुष १ गते सम्म हुनेछ । इक्रा नेपालले बैंकलाई ICRANP RI BBB- क्रेडिट रेटिङ प्रदान गरेको छ । लगानी कर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्तासम्म सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल रहेको छ । ऋणपत्र सम्बन्धि विस्तृत जानकारी विकास बैंकको वेबसाईटमा हेर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्