×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घलेम्दी हाइड्रोपावरको ८औँ वार्षिक साधारणसभा पुस १६ गते, लगानीकर्ताको हात भने यस पटक पनि खाली !

PRIME CA

घलेम्दी हाइड्रोपावरको ८औँ वार्षिक साधारणसभा पुस १६ गते, लगानीकर्ताको हात भने यस पटक पनि खाली !

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । घलेम्दी हाइड्रोपावरले आफ्नो ८औँ वार्षिक साधारणसभा पुस १६ गते बोलाएको छ । कम्पनीले सभा सासा ब्यांक्वेट, नयाँबजार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । सभामा लाभांश वितरण सम्बन्धी कम्पनीले कुनै एजेन्डा राखेको छैन । यो कम्पनीले सञ्चालनमा आएदेखि लाभांश वितरण गरेको छैन । यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: