काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ ।
सो क्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौँ ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि अस्पताल लैजाने क्रममा उनको मलद्वारनजिक कालो रङको चिल्लो रबर जस्तो देखिने वस्तुले बेरेको अवस्थामा उक्त सुन फेला परेको थियो । प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक ३५ वर्षीय कादर इब्राहिमको सङ्लग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरी कारवाही थालिएको छ ।
यस्तै जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छली अवैध रूपमा ल्याएको ३४९ ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको झोला एक्स–रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद धातुसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्