×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५० करोडको लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा, पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि टेवा पुर्याउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

५० करोडको लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा, पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि टेवा पुर्याउने उद्देश्य

Artha Sarokar

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गोरखा । गोरखामा करिब ५० करोडको लागतमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । सदरमुकामस्थित गोरखा नगरपालिका–६, अर्घलेमा सुविधा सम्पन्न होटल गोरखा गार्डेन सञ्चालनमा ल्याइएको हो । तीनतारे स्तरको सुविधा भएको उक्त होटलमा गोरखा र चितवनका व्यवसायीको संयुक्त लगानी रहेको होटल सञ्चालक समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

कूल १५ रोपनी क्षेत्रफलमा फैलिएको होटल गोरखा गार्डेन जिल्लाकै पहिलो सुविधासम्पन्न र स्तरीय होटल हो । होटलमा गोष्ठी तथा कार्यक्रमहरु आयोजना गर्नका लागि सुविधासम्पन्न चारवटा हलसमेत निर्माण गरिएको उहाँले बताउनुभयो । “होटलभित्र निर्माण गरिएका सेमिनार हलको नाम गोरखकाली हल, मनकामना हल, लिगलिग हल र गोरखानाथ हल नाम दिइएको छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “जिल्लाको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागिसमेत टेवा पु¥याउने उद्देश्यले हलको नामसमेत पर्यटकीयस्थलका नामबाट नामकरण गरिएको हो ।”

त्यस्तै, होटलमा सुविधासम्म ४६ स्तरीय कोठाहरु निर्माण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । “हामीले ग्राहकको सुविधालाई ध्यानमा राखेर दुईवटा स्विट रुम, १० वटा सुपर डिलक्स, ३४ वटा डिलक्स रुम सञ्चालनमा ल्याएका छौँ,” उहाँले भन्नुभयो, “ग्राहककै सुविधाका लागि होटलको छैटौँ तलामा बच्चा र वयस्कका लागि सुविधा सम्पन्न पौडी पोखरीसमेत निर्माण गरिएको छ ।” होटलमा बस्न आउनेहरुले स्वादिष्ट तथा स्थानीय उत्पादन भएका अग्र्यानिक तथा उच्च गुणस्तर एवं स्वस्थ्यकर खाना खान पाउने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलको भनाइ छ ।

जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल निर्माण गरिएको सञ्चालक समितिका सदस्य केशव देवकोटाले जानकारी दिनुभयो । अहिले आंशिक रुपमा सञ्चालनमा आएको र यही पुस महिनाभित्रमा होटल पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ । होटलमा एकै पटकमा ६०० जनासम्म अटाउने क्षमताको हल पनि रहेको उहाँको भनाइ छ ।-रासस

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी