काठमाडौं । बैंकिङ कसूरको मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन् । प्रहरीले सो मुद्दामा फरार रहेका सिन्धुली हरिहरपुरगढी गाउँपालिका -३ घर भएका ४२ वर्षीय हरि बिक लाम्कादेलाई आइतबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ लाख ४१ हजार ७०० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले सिन्धुली हरिहरपुरगढी गाउँपालिका- ३ स्थित बनौलिमा फेला पारी पक्राउ गरेको हो ।
अभियुक्तलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुली पठाइएकोमा अदालतको आदेशले कारागार कार्यालय सिन्धुली पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्