काठमाडौं । धादिङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत पुगेको छ । मर्स्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ को स्वीचिङ स्टेसनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको हो ।
अबको तीन सातापछि उद्योगले परीक्षण उत्पादन थाल्ने भएको छ । दुई महिनाभित्रै गुणस्तर परीक्षण सकेर व्यवसायीक उत्पादन थाल्ने तयारी उद्योगले गरिरहेको छ । सोमबार बिहान ७ बजेदेखि स्वीचिङ स्टेशन रहेको धादिङको सिद्धलेक गाउँपालिका ६ देखि उद्योगसम्मको प्रशारण लाइनमा विद्युत प्रवाह भएको बेनिघाट रोराङ गाउँपालिकाले जानाएको छ । १३२ केभी प्रशारण लाइनबाट विद्युत प्रवाह भएको भन्दै टावरमा नछुन, छेउछाउ नजान र सुरक्षाका उपाय अपनाउन पालिकाले सर्वसाधरणलाई आग्रह गरेको छ ।
हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन र कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन निर्माण गरेको थियो । यस्तै कारखाना परिसरभित्र १३२.१० केभीको सबस्टेसन पनि निर्माण गरेको छ ।नेपालमा भित्रिएको विदेशी लगानीका उद्योगहरुमध्ये अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रभावशाली उपस्थिति रहेको कम्पनीको रुपमा हुवासिन सिमेन्टलाई लिइन्छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्