×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको सामाजिक कार्य : शिव नमूना माध्यामिक विद्यालयका विद्यार्थीलाई मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान

GLOBAL IME BANK

हिमालयन बैंकको सामाजिक कार्य : शिव नमूना माध्यामिक विद्यालयका विद्यार्थीलाई मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन बैंकको कावासोती शाखाले शिव नमूना माध्यामिक विद्यालयमा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरको हो ।
बैंकले कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरेको हो ।
उक्त सहयोग बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: