×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारणसभा पुस ३० गते, २६ प्रतिशत लाभांश र मर्जर सम्बन्धी मुख्य एजेन्डा पेस गरिने !

GLOBAL IME BANK
SHREE KESH

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारणसभा पुस ३० गते, २६ प्रतिशत लाभांश र मर्जर सम्बन्धी मुख्य एजेन्डा पेस गरिने !

११ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन बैंकको वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । बैंकको सभा केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजेबाट हुने भएको हो ।
सभामा गत वर्षको नाफाबाट कुल २६% लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । बैंकले सेयरधनीलाई २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश दिन लागेको हो । साथै, नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी भएका समझदारी पत्र, अन्तिम सम्झौतालगायत सम्पूर्ण कामहरु स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।
यता, सम्पति तथा दायित्व मूल्याङ्कनका आधारमा कायम १ः१ सेयर स्वाप रेसियोलाई परित गर्ने प्रस्ताव रहेको छ । मर्जरपछि बन्ने कम्पनीको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड’ राखी एकीकृत कारोबार गर्न स्वीकृति दिने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि आज आइतबारदेखि पुस ३० गतेसम्म बुक क्लोज हुने बैंकले जनाएको छ । यद्दपि, मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि गत वैशाख १ गतेदेखि नै यस बैंकको सेयर कारोबार भने रोक्का छ । जस अनुसार कारोबार रोक्का हुनु अघि कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: