×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२६ करोडको लागतमा दार्चुला जिल्ला अस्पताल निर्माण हुदैँ, ५० शैयाको बनाउने तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२६ करोडको लागतमा दार्चुला जिल्ला अस्पताल निर्माण हुदैँ, ५० शैयाको बनाउने तयारी

Artha Sarokar

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दार्चुला । जिल्लामा ५० शैयाको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ । आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो । वाईआर कन्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीका प्राविधिक रञ्जीतकुमार कठरियाले अहिले निर्माणस्थलमा फिल्ड सम्याउनेदेखि जग खन्ने कामको सुरुवात भएको जानकारी दिनुभयो ।

जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगीले भन्नुभयो,“जिल्ला अस्पतालको भवन निर्माण सुरु भएको छ । भवन बहुउपयोगी बन्नेछ । ” २०७० सालको बाढीले अस्पतालको भवनलाई क्षति पुर्याएको थियो ।

अस्पतालको जमिन बाढीले बगाएपछि अहिले जमिन अभाव छ । भएकै संरचना भत्काएर भए पनि त्यही क्षेत्रमा अस्पताल निर्माणको काम अघि बढेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीका प्राविधिक कठरियाका अनुसार सम्झौता अवधिभित्रै काम सक्ने गरी आफूलाई कार्यक्षेत्रमा खटाएको जानकारी दिनुभयो । भवन चार तलाको भवन बन्ने छ । यसका लागि २६ करोडमा ठेक्का सम्झौता भएको छ । अहिले अस्पताल २९ शैया सञ्चालनमा छ । रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी