काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ शनिबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । “Hand in Hand for an Excellent Future” नारासहित सम्पन्न भएको उक्त कार्यक्रममा देशभरी रहेका २४,५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७र०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ MDRT मा योग्य अभिकर्ता, अभिकर्ता , विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा ३०० भन्दा बढि अभिकर्ताको सक्रिय उपस्थिती थियो । आईएमई ग्रुपका म्यानेजिंग डाइरेक्टर हेम राज ढकाल, कम्पनीका अध्यक्ष डा. राम हरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितीमा कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । कार्यक्रममा ब्राण्ड एम्बासेडर मनीषा कोइरालाको उपस्थिती थियो । उनीहरुले यस्ता कार्यक्रमले आईएमई लाइफका अभिकर्ताहरुलाई यस क्षेत्रमा क्रियाशील रहन अझ प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित अभिकर्ताहरुलाई प्रेरित गरे ।
आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अन्र्तराष्ट्रिय ट्रेनरद्धारा MDRT लाई केन्द्रबिन्दु बनाई प्रशिक्षण दिइएको थियो । आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सदैव तयार रहेको बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।
कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गरे । त्यस्तै कम्पनीका अध्यक्ष डा राम हरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेशा भएको र राष्ट्रको लागि योगदान पर्याएको बताए । समापनको अवसरमा संचालक अश्विीनी कुमार ठाकुरले कम्पनीलाई आजको अवस्थामा ल्याई पर्याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्बन्धित सबै प्रति कृतज्ञता व्यक्त गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्