×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

औद्योगिक क्षेत्रमा २६ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह, सबैभन्दा धेरै विद्युत्, ग्याँस तथा पानी उद्योगमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

औद्योगिक क्षेत्रमा २६ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह, सबैभन्दा धेरै विद्युत्, ग्याँस तथा पानी उद्योगमा

Artha Sarokar

१७ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुदूरपश्चिम प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार एक वर्षको अवधिमा यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह २९.५ प्रतिशतले बढेको हो । २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यो प्रदेशको औद्योगिक क्षेत्रमा २६ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत आर्थिक वर्षमा यो क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा धेरै विद्युत्, ग्याँस तथा पानीसम्बन्धी उद्योगमा कर्जा बढेको केन्द्रीय बैंकले जनाएको छ । यो क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो वर्षको तुलनामा १३९.२५ प्रतिशतले बढी हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी