काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । सभा होटल द नारायणी, गैडाकोटा नवलपरासीमा बिहान १० बजे हुने भएको हो । सभामा कम्पनीले २९.१६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट २७% बोनस र कर प्रयोजनका लागि १.४६% नगद वितरण गर्न थालेको हो । यस्तै कम्पनीको अधिकृत पूँजी ५० करोडलाई बढाएर १ अर्ब पुर्याउने एजेन्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावसमेत सभामा पेश हुनेछ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ । सभाका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्दैछ । पुस १४ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्