×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२२.७२ प्रतिशत जनसंख्यामा पुग्यो बीमाको पहुँच, पाँच महिनामा कुल बीमाशुल्क करिब १९ प्रतिशतले बढ्यो

काठमाडौँ । बीमा समितिले चालु आर्थिक वर्षको पाँच महिना (मंसिर) सम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क १८.८७ प्रतिशतले बढेको जनाएको छ । समितिको तथ्यांक अनुसार सो अवधिमा जीवन बीमाहरुले ५७ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
यता निर्जीवन बीमा कम्पनीहरुले भने १५ अर्ब ४२ करोड रुपैयाँ गरी ७३ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको समितिको तथ्यांकमा उल्लेख छ । यस्तै बीमा समितिले गत आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४९ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ११ करोड गरी ६१ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको जनाएको छ ।
यता चालु आर्थिक वर्षको पाँच महिना (मंसिर) सम्ममा बैदेशिक रोजगार (म्यादी बीमा) गर्नेको संख्या भने २२.२७ प्रतिशतले घटेको समितिले जनाएको छ । समितिका अनुसार गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ७ लाख ८५ हजार १३८ वटा म्यादी बीमालेख जारी गरेका थिए । चालु आर्थिक वर्षको मंसिरसम्ममा २२.७२ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । बैदेशिक रोजगार म्यादी बीमासहित भने बीमाको पहुँच २८ प्रतिशत पुगेको समितिको तथ्यांक छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: