×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल वेयर हाउसले १३ करोड ७५ लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल वेयर हाउसले १३ करोड ७५ लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको सभाले प्रबन्धपत्र संशोधन गर्ने गरी अधिकृत पूँजी ७० करोड रुपैयाँ र जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि पारित गरेको छ । हालै सम्पन्न कम्पनीको साधारणसभाले १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्ने भएको छ । साधारण शेयर विक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाले कम्पनीलाई थप विस्तार गर्ने उद्देश्यका साथ साधारण शेयर विक्री गर्ने प्रस्ताव गरिएको जानकारी दिए। एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कुल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ ।
निम्बस ग्रप, शिखर इन्स्योरेन्स, एनएमबि बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको उक्त कम्पनीमा थप केही व्यासायिक र वित्तीय संस्थाले १५ करोड रुपैयाँ लगानी गरिसकेका छन् ।
कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयहाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउने छ । निर्माणधीन तीन ओटा इकाईमध्ये सुनसरीको औरावानीस्थित कार्यालयबाट आगामी दुई महीनाभित्र व्यावसायिक काम शुरु हुने कम्पनीले बताएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी