×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोट-डोल्पा सडकखण्डको पुल निर्माणमा ढिलाई,सर्वसाधारण हवाईमार्गबाट यात्रा गर्न बाध्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जाजरकोट-डोल्पा सडकखण्डको पुल निर्माणमा ढिलाई,सर्वसाधारण हवाईमार्गबाट यात्रा गर्न बाध्य

Artha Sarokar

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जाजरकोट । जाजरकोट-डोल्पा सडकखण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ । दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन् । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा तोकिएको समयमा बेलीब्रिज पुल निर्माण नभएका हुन् । पुलको जगमा सामान्य पिलर मात्र उठाइएको छ, जबकि हालसम्म पुल निर्माण भइसक्नुपर्ने थियो ।

जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भए पनि डोल्पामा पुल निर्माण ढिलाइ भइरहेको छ । जाजरकोटको चौखामा मात्र पुल निर्माणमा ढिला भएको छ भने अन्य ठाउँमा निर्माण भइसकेका छन् । जाजरकोट र रुकुमपश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यो आर्थिक वर्षमा मात्र बोलपत्र आवह्वान गरिएको छ । यो लगायत खदाङ, त्रिपुराकोटमा भेरी नदीमा निर्माण हुने पुल हुन् । भेरी करिडोरअन्तर्गत डोल्पामा पुल निर्माण नहुँदा अधिकांश सर्वसाधारण हवाईमार्गबाट यात्रा गर्न बाध्य छन् ।

कहिले बन्ला ?

भेरी करिडोरमा निर्माण हुन बाँकी रहेका चार पुल असारसम्ममा निर्माण सम्पन्न हुने सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताउनुभयो । हाल सुर्खेतलगायत ठाउँमा पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी कार्य सुरु भइरहेकाले अबको तीन महिनाभित्र जडानकार्य समेत सकिने प्रमुख झाको भनाइ छ । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा असारसम्ममा सहजरूपमा यात्रा गर्न सकिने उहाँले दाबी गर्नुभयो ।

भेरी करिडोरअन्तर्गत जाजरकोटबाट डोल्पासम्म ११८ किलोमिटर सडक पर्छ । नेपाली सेनाले निर्माण गरेको उक्त सडक तीन वर्षअघि मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो । सडक हस्तान्तरणसँगै सडक डिभिजनले सडकको स्तरोन्नतिदेखि पुल निर्माणको काम थालेको थियो ।

पहिलो चरणमा जाजरकोटको जिरो प्वाइन्ट पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर कालोपत्रको काम सुरु गरिएको थियो । यद्यपि कालोपत्रको काम अहिलेसम्म एक मिटर पनि भएको छैन । सडकको छेउतिर कटानको काम मात्र निरन्तर चलिरहेको छ । जाजरकोट खण्डको भूभागमा वातारणीय प्रभाव मूल्याङ्कनदेखि अन्य काम सकेर बाँकी सडक कालोपत्रका लागि ठेक्का लगाउने काम सुरु भएको सडक डिभिजनका प्रमुख झाले बताउनुभयो ।

जाजरकोट सदरमुकामको पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर सडक कालोपत्रको जिम्मेवारी आठबीसकोट नगरपालिका रुकुमपश्चिमका प्रपुख गोरखबहादुर केसीले लिनुभएको छ । उहाँले हालसम्म कालोपत्रको काम सकिसक्नुपर्नेमा अहिलेसम्म एक मिटर पनि कालोपत्रको काम भएको छैन ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी