×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनउत्थान लघुवित्तद्धारा लाभांश घोषणा, लगानीकर्ताले २५% बोनस सेयरको साथमा कर तिर्न १.३१५७% नगद पाउने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले हाल कायम ११ करोड ८३ लाख २४ हजार ८०० रुपैयाँ चुक्ता पुँजीमा यो लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि पुँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: