काठमाण्डौ । जेसीआइ काठमाडौं लेडीको ४३औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । १९७८ मा स्थापना भएको जेसीआई काठमाडौं लेडी सामाजिक संस्था हो । संस्थाले सामाजिक सेवाको साथै व्यक्तित्व र नेतृत्व बिकास गर्न मुख्य भूमिका खेल्दै आएको छ ।
सोही उदेश्य अनुरुप स्थापना कालदेखि नै जेसीआइ काठमाडौंले सामाजिक,आर्थिक तथा समय अनुकूल विभिन्न क्रियाकलाप गर्दै आएको छ । गत मंसिर २४ गते सम्पन्न कार्यक्रममा २०२१ का अध्यक्ष जेसी रिन्कु बजाचार्य श्रेष्ठ कार्यक्रमको सभापति, प्रमुख अतिथि अधिवक्ता श्रृजना मालि प्रधान, अतिथि जेसीआई काठमाडौं लेडीका १९९९ का अध्यक्ष साथै सन् २००० का जेसीआइ भिपि सेन कृति तुलाधर रहेका थिए ।
कार्यक्रमको सुरुवात वर्ष २०२१ का कार्यकारीणी उपाध्यक्ष जेसी सुनिता राजभण्डारी स्बागत मन्तब्यबाट आरम्भ भएको थियो । बर्षभरिको कार्यक्रमको प्रतिवेदन २०२१ का महासचिव जेसी सोनी श्रेष्ठले पढेर सुनाएकी थिईन् । त्यस्तै कार्यक्रममा अतिथि वक्ताले महिलाको हक, हित र अधिकार सम्बन्धि महत्वोपूर्ण भनाइ राखेका थिए । जेसिआई वर्ष २०२१ का अध्यक्षले आफ्नो छोटो मिठो भनाइ साथै बर्ष भरिको कार्यक्रमको विवरण सुनाएकी थिईन् । कार्यक्रममा थेम डाईरेक्टर जेसी शिल्भि नकर्मिले धन्यवाद मनत्ब्य राखेकी थिईन् ।
काठमाडौं लेडीको ४३औ बार्षिक साधारण सभा २०२१ का सभापतित्व जेसी रिन्कु बजाचार्य श्रेष्ठ, निर्वाचन आयुक्त कमिटीमा वर्ष २०१६ का अध्यक्ष सुनिता श्रेष्ठ साथै सहयोगिमा वर्ष २०१७ की अध्यक्ष सजना नकर्मीबाट सर्बसम्मत २०२२ का लागि नयाँ बोर्ड चुनिएको थियो ।
नव गठित बोर्डमा अध्यक्ष सोनी श्रेष्ठ, कार्यकारीणी उपाध्यक्ष सबिना श्रेष्ठ, मिलि श्रेष्ठ र शर्मिला नकर्मी रहेका थिए । त्यस्तै महासचिवमा कमला गुरुङ प्रधान चयन भएकी छिन् । त्यस्तै कोषाध्यक्षमा शिल्भि नकर्मी, उपाध्यक्षमा स्वेच्छा रन्जित, शाइना तामाराकार, सबिना महर्जन श्रेष्ठ, दिल शाहि, माला थाहा मगर, शान्ता भट्टराई चयन भएका छन् । अधिवेशन मङ्सिर २४ गते काठमाण्डौमा सम्पन्न भएको थियो । कार्यक्रम ठमेलको लुना रेस्टुरेन्टमा सन्चालन भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्