×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेचीनगरमा कृषिमण्डी निर्माण हुँदै, आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गर्ने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेचीनगरमा कृषिमण्डी निर्माण हुँदै, आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गर्ने उद्देश्य

Artha Sarokar

७ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा  ।  मेचीनगर नगरपालिका-१० मा आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गर्ने उद्देश्यले कृषिमण्डी निर्माण हुने भएको छ । करिब सात बिघा जमिनमा बन्ने कृषिमण्डी आयोजनाका लागि मङ्गलबार सम्झौता गरिएको हो । नगरपालिकका र नगर विकास कोष काठमाडौँबीच नौ करोड ६५ लाख २३ हजारको ऋण सम्झौता भएको छ । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र नगर प्रमुख विमल आचार्यले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

मेचीनगर कृषिमण्डी आयोजना निर्माणको कूल अनुमानित लागत रकम १२ करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषका तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने सम्झौतामा उल्लेख गरिएको छ । सो सम्झौता नगरप्रमुख आचार्यले बृहत् नमूना कृषि पूर्वाधार आयोजनाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीय र सयममा सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकामा निर्माण हुने आयोजनाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा विकास हुने र स्थानीय उत्पादनको बजारीकरणमासमेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले नगर विकास कोषको उद्देश्य नै व्यवस्थित सहरीकरणमा नगरपालिकालाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्ने रहेकाले आगामी दिनमा नगरपालिकासँग सहरी पूर्वाधारका अन्य आयोजनामासमेत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी